काठमाडौं । पोखरा महानगरपालिका माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिका एकिकृत समाजवादीलाई दिने निर्णय गरेको हो ।
अब पोखरा महानगरमा पाँच दलिय गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवार बन्नेछन् । एकिकृत समाजवादीले पोखरा महानगरपालिकामा केन्द्रिय सदस्य तथा कास्की अध्यक्ष धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय भैसकेको छ ।
सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।
प्रतिक्रिया दिनुहोस्