Shikhar Insurance
National Life

नेप्से परिसूचक १३.३७ अंकले बढ्यो, २ कम्पनीमा लागे पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौँ । सेयर बजारमा नेप्से परिसुचक बढेसँगै लगानीकर्तामा झिनो आशा पलाएको छ । निरन्तर घटिरहेको बजार मगलबार भने १३.३७ अंकले बढेर २३५७.२४ को विन्दुमा पुगेको हो ।

त्यसैगरी सेन्सेटिभ इण्डेक्स ३.६१ अंकले बढेर ४४७.७६ को विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र  सेन्सेटिभ फ्लोट इन्डेक्स १.२ अंकले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से परिसुचक बढ्दा १ अर्ब ३२ करोड ६८ लाख बराबरको ३२ लाख १३ हजार कित्ता सेयर २७ हजार ८४१ पटकको कारोबारमा खरिदबिक्रि भए ।

नेप्से बढेको दिन २ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको सेयर मूल्य १०/१० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । दोस्रो बजारमा ग्रिन भेन्चर्स सेयरको पहिलो कारोवार भएको हो । ग्रीन भेन्चर्सको कारोबार २७१.१० रुपैयाँमा खुलेको हो ।

नेप्से बढेको दिन सबै समूहगत उपसुचकमा वृद्धि भएका छन् । सबैभन्दा बढी अन्य उपसुचकमा १.९ अंकले बढेको हो ।

सेयर बजारमा आज  १२५ वटा कम्पनिको सेयर मूल्यमा बृद्धि हुदाँ ५१ वटा कम्पनिको सेयर मूल्या भने घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्