काठमाडौं । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई २० प्रतिशत बोनस सेयर वितरको स्वीकृति दिएको छ । समितिले सगरमाथालाई २० प्रतिशत र त्यसमा लाग्ने कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश बाँड्न दिने भएको हो ।
कम्पनीको २५ औं वार्षिक साधारणसभा वैशाख २८ गते बस्दैछ । साधारणसभाले पारित गरेपछि लाभांश सेयरधनीको खातामा पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस्