Shikhar Insurance
National Life

नबिल बैंक बन्यो ९ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक, ३ अर्ब ३५ करोड नाफा गर्दा कुन सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार ०९:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले मंगलबार अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो जसअनुसार बैंकले आव २०७८ ७९ को ९ महिनामा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो खुद मुनाफा बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँ कम हो । बैंकले गत आवको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो अवको तुलनामा खुद ब्याज आम्दानी बढेपनि नबिलको खुद मुनाफा घटेको हो । बैंकले अघिल्लो आवको तुलनामा डेढ अर्ब बढी अर्थात् ६ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

यसअवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब १८ करोड रुपैयाँ छ । बैंकको अन्य सञ्चालन आम्दानी भने निकै कम भएको छ । यस अवधिमा बैंकले ६१ करोड रुपैयाँ प्रोभिजन थप गरेको छ ।

९ महिनाको अन्त्यसम्म बैंकको प्रतिसेयर आम्दानी घटेर २४ रुपैयाँ ३९ पैसा कायम भएको छ । बैंकको खराव कर्जाको दर बढेर १.१४ प्रतिशत पुगेको छ ।

यस्तै पीई रेसियो ३९.८२, नेटवर्थ १९०.२९ रुपैयाँ छ ।

बैंकको सीडी रेसियो ९१.४७ प्रतिशत छ भने बेसरेट ८.२२ प्रतिशत र ब्याजदर स्प्रेड ३.७३ प्रतिशत छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्