काठमाडौँ । सेयर वजारमा गिरावट आउने क्रम सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से सुचक फेरि ४१.७७ अंकले घटेर २३४३.८७ को विन्दुमा आइपुगेको हो ।
कारोबारको सुरुवात देखि नै गिरावट आएको नेप्से सुचक पोजेटिभ आशा ल्याउन सकेन ।
नेप्से घट्दा बजारमा १ अर्ब ५३ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । २ सय २९ सर्क्रिप्टका ३८ लाख कित्ता सेयर ३१ हजार कारोबार मार्फत खरिदबिक्रि भए ।
नेप्से घटे सँगै सेन्सिटिभ इन्डेक्स ६.५८ अंकले घटेर ४४४.१५ अंकमा आइपुगेको छ ।
त्यसैगरी सबै समूहगत उपसुचकहरुमा गिरावट आए । सबैभन्दा बढी फाईनान्स समुहमा ३.४४ प्रतिशतको भारी गिरावट आएको छ ।
नेप्से सुचक घटेपनि नेष्डो समृद्ध लघुवित्तको सेयर मुल्य भने १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्