काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल अर्थमन्त्री फेर्ने योजना नरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले तत्काल अर्थमन्त्री फेर्ने योजना नरहेको बताएका हुन ।
उनले स्थानीय निर्वाचन पछि भने मन्त्री परिषद पुनर्गठन हुन सक्ने पनि जानकारी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माको सम्बन्ध बिग्रीएको आशन्काबीच प्रचण्डले तत्काल अर्थमन्त्री फेरिने सम्भावना टरेकाे स्पष्ट पारेका हुन ।
अमेरीकाबाट पृथ्वी शाहको नाममा आएको भनिएको ४० करोड रकमका कारण अर्थमन्त्री विवादमा तानिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गराएपछि सिङ्गो सरकारकै लोकप्रियतामा प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्