Shikhar Insurance
National Life

दोर्दी खोलाको आईपीओ बैशाख १३ देखि, १० लाख कित्तासम्म भर्न मिल्ने

सिंहदरबार संवाददाता
२०७९ बैशाख ५, सोमबार ०९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बैशख १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङ क्षेत्रका बासिन्दाहरुलाई जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर बिक्री गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओको निष्काशन छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । दोर्दीले इक्रा नेपाल कम्पनीबाट इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग प्राप्त गरेको छ । दोर्दीको आईपीओ सिद्धार्थ क्यापिटल लिमिटेडले निष्काशन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्