Shikhar Insurance
National Life

एनएमबि बैंकको हेरिटेज वाक, सातै प्रदेशका सम्पदा क्षेत्रमा कार्यक्रम

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३, शनिबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले नवौं हेरिटेज वाक सम्पन्न गरेको छ । शनिबार बैंकको केन्द्रिय कार्यालय बबरमहलबाट शुरु भएको हेरिटेज वाक बसन्तपुर डवलीमा पुगेर सम्पन्न भएको थियो । कोरोनाका कारण बैंकले २ वर्षपछि हेरिटेज वाक आयोजना गरेको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले हेरिटेज वाक आयोजना गरिएको बैंकले जनाएको छ । नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा आयोजीत वाकमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागीता थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंदिर, मधेश प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरु सरसफाई गरेको छ

२६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्