Shikhar Insurance
National Life

कोरोना बीमाको पैसा नपाउनुभएकाहरुले पनि चाँडै पाउनुहुनेछः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ बैशाख २, शुक्रबार २०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानी नपाएकाहरुले चाँडै नै पाउने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटमा मन्त्री शर्माले यस्तो बताएका हुन् ।

बजेटमाथि सुझाव लिने क्रममा उनले दोस्रो लहरमा कोरोना संक्रमित हुनेले बीमाको दाबी भुक्तानी नपाएकामा उनीहरुले पनि पाउने प्रतिवद्धता गरे । नाफिज अध्यक्ष मोदनाथ ढकालले सुझाव दिने क्रममा दाबी भुक्तानी रोकिएको बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोना बीमाको १० अर्ब १५ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । बीमा कम्पनीहरुले पुलमार्फत् ३ अर्ब ५० करोड रुपैयाँ बेहोर्ने भनेपनि ४ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

अर्थात् पूर्व प्रतिवद्धता अनुसार सरकारले कुल ११ अर्ब ४३ करोड रुपैयाँ दायित्व बहन गर्न बाँकी छ ।

कुल १४ अर्ब ९३ करोड ९६ लाख रुपैयाँको दाबी परेकामा बीमा कम्पनीले पुलबाट ३ अर्ब ५० करोड रुपैयाँ र थप १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको हो ।

समितिका अनुसार १ लाख ५९ हजार २ सय २५ वटा दाबी परेको छ । कम्पनीहरुले १७ लाख ५८ हजार ३ सय ४३ वटा कोरोना बीमालेख जारी गर्दा १ अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यता बीमा समितिले अर्थ मन्त्रालयलाई एक पत्र लेख्दै भुक्तान हुन बाँकी साढे ११ अर्ब रूपैयाँ ‘मिलेर तिर्ने’ प्रस्ताव गरेको छ । समितिले मन्त्रालयलाई २ विकल्प दिएको छ । जसमध्ये मन्त्रालयले कुनै १ विकल्प छाने कोरोना बीमाको भार निर्जीवन बीमा कम्पनीहरूको पनि थाप्लोमा आइपर्नेछ ।

अर्थ मन्त्रालयले २०७७ साउन १८ गते कोरोना बीमा मापदण्ड, २०७७ मा सहमति प्रदान गर्दै साढे ३ अर्ब रूपैयाँभन्दा बढी दायित्व भए सबै रकम सरकारले बेहोर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्