काठमाडौं । अमेरिकाले नेपाललाई थप ८० अर्ब रूपैयाँ अनुदान दिने भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य नियोग (यूएसएड) ले नेपाललाई ६५९ मिलियन डलर अनुदान दिने भएको हो ।
यो रकम अमेरिकी सहायता परियोजना एमसीसीभन्दा छुट्टै हो । सरकारले फागुन तेस्रो साता एमसीसी अनुमोदन गरिसकेको छ ।
चैत ३० गतेको मन्त्रिपरिषदले सो सहयोग स्वीकार्ने निर्णय गरेको हो । शुक्रबारको विनिमयदर अनुसार ६५९ मिलियन डलर बराबर ८० अर्ब १२ करोड रूपैयाँ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्