Shikhar Insurance
National Life

जीवन बीमा गरेर निधन हुनेको परिवारलाई रकम हस्तान्तरण

सिंहदरबार संवाददाता
२०७९ बैशाख २, शुक्रबार १४:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका वडा नं. ३ मा बसोबास गर्ने सुमन राना मगरको परिवारलाई बीमा दाबी भुक्तानी गरेका छन् । जीवन बीमा गरेर निधन भएका मगरको इच्छाएको व्यक्ति श्रीमान् ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको ५ लाख ९३ हजार ३ सय २० रुपैयाँको चेक प्रदान गरिएको हो ।

गुँरास लाइफ इन्स्योरेन्स नारायणगढ शाखा प्रमुख ओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले चेक हस्तान्तरण गरे । मगरको केही समय अगाडि क्यान्सर रोगको कारण निधन भएको थियो । उनले २ वर्ष अगाडि सिनिएर एजेन्सी म्यानेजर कमला सुनारीमार्फत ५ लाखको सावधीक जीवन बीमा गरेकी थिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा शाखा प्रमुख सिग्देलले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागि महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्