Shikhar Insurance
National Life

बीमा समितिका अध्यक्ष सिलवाललाई नेपाल रिका सिईओको प्रश्नः हिमालयन रि किन यति प्यारो भएको ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले बीमा समितिका अध्यक्ष सुर्य सिलवाललाई हिमालयन रि किन यति प्यारो भएको भनि प्रश्न गरेका छन् ।
बीमा समितिले आयोजना गरेको नयाँ बर्ष शुभकामना कार्यक्रममा नेपाल रिका सिईओ रायमाझीले हिमालयन रिको व्यवसाय सुनिश्चित गर्न समिति अध्यक्ष र त्यसको सिंगो नेतृत्व लागि परेको आरोप लगाएका हुन् ।

शुभकामना दिन उपस्थिति भएका सिईओ रायमाझीले हिमालयन रिलाई डाइरेक्सेससन दिनका लागि बीमा समितिका अध्यक्ष सिलवालले नै लबिङ गरेको आरोप समेत लगाएका थिए ।
भारतबाट धेरै कुरा सिकेका नेपालीहरुले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीलाई दिईएको डाइरेक्सेसन जोगाउनेबारे भने नसिकेको बताए । उनले घुमाउरो भाषामा अध्यक्ष सिलवालले हिमालयनलाई व्यवसाय सुनिश्चित गरिदिन निकै जोडबल लगाएको बताए ।
आरएसएमडीएसीको व्यवसाय समेत हिमालयन रिलाई दिने खेल भैरहेको उनको आरोप छ । त्यसमा पनि बीमा समितिले अनेकौं पत्र लेखेर सो व्यवसाय हिमालयन रिलाई दिने षडयन्त्र गरिरहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन रिलाई यति धेरै माया गर्ने बीमा समितिको नेतृत्वले कोरोना बीमा र धरहरामा हिमालयन रिले कति योगदान दियो ? भनेर हेर्न पनि चुर्नाती दिए ।

‘यो देशमा बसेर, नेपाली नागरिक भएर अर्काे प्रतिष्पर्धी कम्पनी आउँदा उसैलाई सर्लक्कै दिईहाल्नुपर्छ भन्ने विषयमा पोलिसी बनाउनेहरुले सोच्नुपर्छ । सरकारी लगानीका कम्पनीहरुको संरक्षण गरिनुपर्छ ।’ सिईओ रायमाझीले भने ।
आफु कारवाही खान तयार रहेको तर आगोले पोल्नुपर्ने र पानीले भिज्नुपर्ने उनले बताए । उनले ‘ म कारवाही खान तयार छु तर आगोले पोल्नुपर्छ, पानीले भिज्नुपर्छ, राष्ट्रको लगानी भएको कम्पनीको संरक्षण राष्ट्रले गर्नु पर्यो, बीमा समितिले पनि संरक्षणका लागि भूमिका खेल्नुपर्यो । नेपाल आमालाई साक्षी राखेर कसम खाएकाहरुले त्यो पालना गर्नु पर्यो । हिमालयन रिले गरेको आक्रमण प्रति तपाईहरुको प्रतिक्रिया के छ ? आउनु परो’, रायमाझीले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्