Shikhar Insurance
National Life

४१ कम्पनीका सिईओलाई साक्षी राखेर अध्यक्ष सिलवाल खुलाए पुँजी वृद्धिको रहस्य

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले ४१ वटा बीमा कम्पनीका सिईओहरुलाई सँगै राखेर पुँजी बढाउनुपर्ने कारण सुनाएका छन् ।
नयाँ बर्ष २०७९ को शुमकामना कार्यक्रम भन्दै सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर अध्यक्ष सिलवालले पुँजी िबढाउनुपर्ने कारण सुनाएका थिए ।
उनले बीमा कम्पनीको सङ्ख्या घटाउन, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताए ।

अध्यक्ष सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वःस्फूतरूपमा मर्जरमा गएर भए पनि चुक्ता पूँजी वृद्धि गर्नुपर्ने बताए । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पूँजी बृद्धिको योजना मागेका छौं । पूँजी बृद्धि गर्नुपर्छ । पूँजी बृद्धि गर्न नसके मर्जरमा जानुपर्छ । यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पूँजी बृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा व्यवसायलाई स्थापितरूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्सुरेन्स इन्स्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी दिँदै बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्दै समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको दावी गरे । उनले बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिए ।

कार्यक्रममा बीमक सङ्घका अध्यक्ष चंकी क्षेत्री र जीवन बीमक सङ्का अध्यक्ष निर्मल काजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्