Shikhar Insurance
National Life

नागढुङ्गादेखि मुग्लिनसम्म २४ नयाँ पुल निर्माण गरिने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १, बिहीबार ०५:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो ।

हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आबश्यक नभएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । पुराना पुल भएका स्थानमा तिनलाई  मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । उनले भने, “सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ ।”

पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई–दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सडक जत्तिकै चौडा  पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

नागढुङ्गा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ ।  सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्