Shikhar Insurance
National Life

नेपाल पुनरबीमा कम्पनीको नाफा पौने ३९ प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार ०९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनरबीमा कम्पनीले पौने ३९ नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । अन्य बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु  चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने तयारीमा छन्  तर, नेपाल नेपाल पुनरबीमा कम्पनीले भने पहिलो त्रैमासमा १५ करोड रुपैयाँ बढी घाटा ब्यहोर्नु परेको तथ्यांक सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३९ करोड २३ लाख १८ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३८.८३ प्रतिशतले घटेर २४ करोड १८ हजार रुपैयाँ सीमित भएको कम्पनीले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निर्जीवन बीमा व्यवसायबाट १६ करोड ४९ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय ७ करोड ५० लाख रुपैयाँ खुदनाफा आर्जन गरेको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) ९ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १ सय ७९ रुपैयाँ ९२ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य ३ सय १ रुपैयाँ १९ पैसा रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्