Shikhar Insurance
National Life

ऋणीलाई ब्याजको भार २.१४ प्रतिशत थपियो, कर्जाको औषत ब्याजदर नै दोहोरो अंकमा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २९, मंगलवार १९:००
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुबाट ऋण लिने ग्राहकलाई ब्याजको भार २.१४ प्रतिशतले थप भएको छ । एक वर्षमै वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) वृद्धि हुँदा ऋणीलाई औषत कर्जाको ब्याजदर नै दोहोरो अंकमा पुगेको हो ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको औषत ६.८४ प्रतिशत कायम थियो । जुन चालु आवको फागुन मसान्तसम्म २.१४ प्रतिशतले बढेर ८.८४ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले निश्चित तथा र परिवर्तित दुबै ब्याजदरमा कर्जा प्रवाह गर्छन् । परिवर्तित ब्याजदरमा कर्जा लिने ऋणीलाई बेसरेट बढ्दा ब्याजदरको भार समेत थप हुन्छ । यस्तो बेसरेट बैंकहरुले प्रत्येक त्रैमासमा परिवर्तन गर्छन् । परिवर्तित ब्याजदरमा गत वर्षको फागुन अगावै कर्जा लिएका ऋणीलाई चालु आवको फागुन मसान्तसम्म आइपुग्दा २.१४ प्रतिशत ब्याजको भार थप भएको हो ।

चालु आव लागेदेखि नै निक्षेपको ब्याजदर बढिरहेको छ । जसले गर्दा खर्च बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो । बैंकहरुले बेसरेट मै केही प्रतिशत प्रमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् ।
बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था भएपनि एक पटक तय भएको प्रिमियम भने थपघट गर्न मिल्दैन ।

समीक्षा अवधिमा यस्तो ब्याजदर समेत दोहोरो अंकमा पुगेको छ । गत आवको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर ८.७३ प्रतिशत कायम थियो । जुन चालु आवको फागुन मसान्तमा १.८७ प्रतिशतले बढेर १०.६० प्रतिशत पुगेको छ ।

यस्तै, सो अवधिमा निक्षेपको औषत ब्याजदर भने २.१७ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको फागन मसान्तसम्म वाणिज्य बैंकहरुमा निक्षेपको औषत ब्याजदर ४.७६ प्रतिशत कायम थियो भने चालु आवको सोही अवधिमा ६.९३ प्रतिशत कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्