Shikhar Insurance
National Life

१ लाख ६६ हजार ३४५ जनाले हात पारे बलेफी हाइड्रोको आइपीओ, रिजल्ट यी वेव साइटमा हेर्नुस्

सिंहदरबार संवाददाता
२०७८ चैत्र २९, मंगलवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मंगलबार बाँडफाँट भएको छ । गोलाप्रथा विधिमार्फत् बाँडफाँड भएको कम्पनीको आइपीओ कुल १ लाख ६६ हजार ३४५ जनाले हात पारेका छन् ।

जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले आइपीओ हात पारेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओमा कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो । आवेदन दिएका २१ लाख ६८ हजार १०० जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । कम्पनीको आइपीओमा मागभन्दा १४.६७ गुणा बढी आवेदन परेको थियो ।
आइपीओमा आवेदन दिने आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, बलेफी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्