Shikhar Insurance
National Life

एक लाख ६६ हजार ३४५ जनाले पाए बलेफीको आईपीओ, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र २९, मंगलवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ बाडफाँट भएको छ । आईपीओका लागि आवेदन दिएकामध्ये १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् । तिमध्ये ३ जनाले ११।११ कित्ता सेयर पाए भने बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

बलेफीले ग्लोवल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक राखेर जारी गरेको आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवदेकमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो । वैध आवेदक ठहरिएका २१ लाख ६८ हजार १०० जनालाई गोलाप्रथाद्धारा आईपीओ बाडफाँट गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बलेफीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशन गरेको थियो । कुल निष्काशनको ४ प्रतिशतले हुने ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्