Shikhar Insurance
National Life

जनार्दन र कुलमान बने माओवादीको चुनावी पोस्टर ब्वाइ, निःशुल्क बिजुली दिने प्रचण्डको उद्घोष

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार ०९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई चुनावी प्रचारको पोस्टर ब्वाइका रुपमा अघि सारेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूसहित शर्मा र घिसिङको फोटो रहेको ‘अध्याँरोबाट उज्यालोको यात्रा’ लेखिएको ब्यानर सेयर गर्दै माओवादी केन्द्रका लागि भोट मागेका हुन् ।

ब्यानरको क्याप्सनमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशूल्क बिजुलीको’ लेखिएको छ । कुलमानसँगै जनार्दनलाई चुनाव प्रचारमा भोट माग्ने रणनीतिक अस्त्रका रुपमा प्रयोग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शर्मा ऊर्जामन्त्री रहँदा घिसिङलाई प्राधिकरण प्रमुख नियुक्त गर्दै लोडसेडिङ अन्त्यको युग सुरु गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनै घिसिङलाई पनि ब्यानरमा प्रयोग गरेर प्रचण्डले अब माओवादी सरकार आए निःशुल्क विजुली उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।

पोस्टरमा जनार्दनको फोटोको प्रयोगले माओवादी भित्रको राजनीति झन् पेचिलो बनेको छ । यससँगै माओवादीभित्र जनार्दनलाई प्रचण्डले सम्भावित उत्तराधिकारीका रुपमा जनार्दनलाई अघि सारेको शंका गर्न सकिन्छ । प्रचण्डको उत्तराधिकारीका रुपमा देव गुरुङलगायत सिनियर नेता ओझेलमा परेका छन् ।

आफ्नै फेसबुक पेजमा जनार्दनको फोटो राखेर भोट मागेपछि वर्षमान पुनलगायत सिनियर नेतालाई उनले उछिनेको आँकलन गर्न सकिन्छ । उत्तराधिकारीका रुपमा वर्षमान र जनार्दनको नाम अघि सारिएको थियो । माओवादीले महाधिवेशन सम्पन्न गरेको ४ महिना बितिसक्दा पनि महासचिव टुंगो लगाउन सकेको छैन ।

प्रचण्डको पोस्टर ब्वाइ बनेका अर्थमन्त्री शर्मा पनि गभर्नरको निलम्बन गरेका कारण विवादमा छन् । अर्थमन्त्रीका रुपमा आफ्नो कार्यकाल सुरु गरेपछि अर्थतन्त्र सुधारमा खासै काम गर्न नसकेका कारण काम गर्न नसकेको चर्चा हुँदै आएकामा पछिल्लो घटनाका कारण बौद्धिक वर्गमा उनको छवि धमिँलिँदै गएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्