काठमाडौं । पाकिस्तानको सेयर बजारमा ऐतिहासिक उछाल आएको छ । पेचिलो सत्ता संघर्षका बीच देशमा नयाँ प्रधानमन्त्री निर्वाचित भएको दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । पाकिस्तानको संसदमा इमरान खान र संयुक्त विपक्षी मोर्चाका बीचमा सत्ता संघर्ष जारी थियो ।
पाकिस्तानको सेयर बजारले पछिल्ला वृद्धिहरुको रेकर्ड तोडेको हो । पीएसएक्स इण्डेक्समा एकै दिन १७ सय अंकको वृद्धि भएको छ । यो वृद्धि एकै दिन भएको हालसम्मको सबै भन्दा धेरै हो । यस अघि सन २०१७ को जुन ५ तारिखका दिन पीएसएक्समा १५६६ अंकको वृद्धि भएको थियो ।
सेयर बजार विश्लेषकहरुका अनुसार देशमा उत्पन्न नयाँ राजनीतिक घट्नाक्रमलाई सेयर बजारले स्वागत गरेको छ । किन की पाकिस्तानमा कैयौं दिनदेखि सत्ता संघर्ष जारी थियो । सोमबार संयुक्त विपक्षी गठबन्धनका नेता शहबाज शरिफ २३ औं प्रधानमन्त्री निर्वाचित भएका थिए भने इमरानको पार्टीका सबै सांसदहरुले सामुहिक राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्