Shikhar Insurance
National Life

रिकभरीले बढायो वाणिज्य बैंकमा एक सातामै ४ अर्ब निक्षेप र २ अर्ब रुपैयाँ कर्जा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रैमासिक अन्त्य नजिक आउँदै गर्दा वाणिज्य बैंकहरुमा निक्षेप ससंकल बढ्न थालेको छ । चैत महिनाको तेस्रो साता वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थप भएको हो ।

चैत महिनाको १८ गतेसम्म वाणिज्यहरुले कुल ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमा चैत २५ गतेसम्म आइपुग्दा ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अन्त्य नजिकमा बैंकहरु रिकभरीलाई तिव्रता दिइरहेका छन् । जसले गर्दा प्रणालीमा तरलता अभावको समस्या देखिएपनि बैंकहरुको निक्षेप भने अन्य समयमा भन्दा वृद्धि भएको हो ।

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । चैत १८ गतेसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा चैत २५ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्