Shikhar Insurance
National Life

‘महाप्रसादका कर्तुत थाहा पाउन छानविन कमिटी गठन गरेका हौं, एक महिना पर्खिनुस्’

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुअनुसार नै गरेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले उनले गरेका खराब कामबारे अध्ययन गर्न छानबिन कमिटी बनाएको बताएका हुन् ।
“राष्ट्र बैंक ऐनको प्रावधान अनुसार नै गभर्नरलाई निलम्बन गरेका हौं,” उनले भने, “किन गरेका हौं भन्ने जवाफ छानबिन कमिटीको रिपोर्टले जवाफ दिनेछ ।” कमिटीलाई काम गर्न दियो भने १ महिनाभित्र रिपोर्ट आउने प्रतिवद्धता उनले जनाए ।

“कमिटीले आन्तरिक तथ्य केलाएर सबैका अगाडि प्रस्तुत गर्नेछ,” उनले भने । पत्रकार सम्मेलनमा अर्थ सचिव मधु मरासीनीले एलसी रोक्ने निर्णय केहि समयका लागि मात्रै भएको बताए । उनले राजश्व संकलनको लक्ष्य भने पुरा हुने संकेतहरु देखिन थालिसेको पनि बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘एलसी रोक्ने निर्णय केहि समयका लागि हो, राजश्वको लक्ष्य पुरा हुन्छ, अर्थतन्त्र सुधारको बाटोमा छ ।’, सचिव मरासीनीले भने । उनले हाल ११ सय ७१ अर्ब विदेशी मुद्रा सञ्चिति रहेको पनि बताए । अहिले ११ सय ७१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ, यसमा पनि सुधार आउँने संकेतहरु देखिएकै छन् ।’, सचिव मरासीनीले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्