Shikhar Insurance
National Life

बिन्दबासिनी हाइड्रो र दोर्दी खोला जलविद्युत कम्पनीलाई आइपीओ निष्कासनको अनुमति

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ वटा हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले बिन्दबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमाति दिएको हो ।

आइपीओ जारीको अनुमति बिन्दबासिनीले गत शुत्रबार नै र दोर्दीले सोमबार पाएको बोर्डका सह–प्रवत्ता रुपेश केशीले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले बिन्दबासिनी हाइड्रो पावर कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख  कित्ता आइपीओ निष्काशन गर्ने अनुमति दिएको छ । साथै, दोदी खोला जलविद्युत कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरले २९ करोड ६१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ताआइपीओ निष्काशनको अनुमति पाएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्