Shikhar Insurance
National Life

आज उद्योग-वाणिज्य दिवस तथा महासंघको ५६ औं वार्षिक साधारण सभा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार ०९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा आजबाट काठमाडौंमा शुरु ह्ँदैछ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने कार्यक्रम छ ।

वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले अहिले साढे ११ बजे होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच गर्ने कार्यक्रम छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारण सभाको समुद्घाटन समारोहमासांसदहरु, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थविद्, उद्यमी व्यवसायी लगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने बताइएको छ ।

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने महासंघले जानकारी दिएको छ ।

समुदघाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल गरिने कार्यक्रम छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक अनुसार जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्यको संख्या १७४८ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्