Shikhar Insurance
National Life

अर्थमन्त्री जेल जान सक्छन्, अब नयाँ नोट छाप्न पनि सकिन्नः सुरेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०७८ चैत्र २७, आईतवार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा जेल जान सक्ने बताएका छन् । अनुसन्धानलाई प्रभावित पार्दै ‘फलानोको पैसा नरोक’ भन्दै पत्र लेख्ने अर्थमन्त्री शर्मा जेल जान सक्ने पाण्डेले बताएका हुन् । वर्तमान सरकारले देशलाई आर्थिक संकट तर्फ धकेलेको पनि बताए । साथै, राष्ट्र बैंकलाई गभर्नर बिहिन बनाउँदा अब नयाँ नोट समेत छाप्न नसकिने बताए ।

पाण्डेले व्यक्त गरेको धारणाको सार
गभर्नरलाई निलम्बन गर्ने कुरा सन्देहात्मक छ, विदेशबाट आएको पैसामा अनुसन्धान गर भनेर अर्काे मुलुकले भनिरहेको, त्यो इन्भेष्टिगेशन गर्नु पर्दैन भनेर अर्थमन्त्रीले पत्र लेखेको भन्ने छ । अर्थमन्त्रीले पत्र लेखेर फलानाको पैसा देऊ भनेर भन्नै मिल्दैन् । अनुसन्धान गर्ने निकायले आफ्नो काम गरिरहेका बेलामा अर्थमन्त्रीले यसो गर्नु, उसो नगर्नु भन्न मिल्दैन् । त्यो एक प्रकारको क्राइम नै हुन्छ । श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुनिँदैछ । कतै यो दिन त नआओस नेपालमा । यदि हाम्रा एजेन्सीजहरु दरा हुने हो भने त्यहि केशमा अर्थमन्त्रीलाई लगेर हालिदिनुपर्ने हो भित्र । किन लेख्यौं पत्र भनेर ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हामीले अन्तराष्ट्रिय अब्लिगेशन अनुसार सम्झौता गरेका भन्दा विपरिद मन्त्री चल्न सक्दैन् । कि त त्यस्ता सम्झौताहरुबाट बाहिर आयौं भन्नु पर्यो कि त्यसलाई मान्नु पर्छ । म अर्थमन्त्री हुँदा पनि कामु गभर्नर मात्रै थिए । फुल गभर्नर नभएसम्म नयाँ नोट छाप्न पनि मिल्दैन् । अब यो क्राइसिसमा नयाँ नोट समेत छाप्न नमिल्ने अवस्था आयो । यस्तो बेलामा राष्ट्र बैंकलाई गभर्नर बिहिन बनाउने कुराले राम्रो संकेत गरिरहेको छैन् । आकाशमा कालो बादल मडारिरहेको छ ।

सत्ता पक्षले सबैलाई मिलाएर अघि बढ्नुपर्ने हो । अब देशमा राजनीतिक भन्दा पनि आर्थिक संकट आउँदैछ । यो दुर्घटना तर्फको यात्रा हो । कतै हाम्रो देश ठूलो जोखिम तर्फ अघि बढ्ने त होइन भन्ने लागिरहेको छ । (एमालेको पत्रकार सम्मेलनमा पाण्डेले व्यक्त गरेको विचारको सम्पादित मुल अंश)

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्