काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर थप संकट निम्त्याउने कामप्रति उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनु पर्नेमा मूख्य संस्थाहरुबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जाने चिन्ता संगठनले गरेको हो ।
संगठनले जारी गरेको विज्ञप्तिमा अर्थतन्त्रको अवस्था राम्रो नभएको संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायबीच देखापरेको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक संन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्ने भन्दै संगठनले बेलैदेखि सचेत भई उपयुक्त कदमहरु चाल्न सरकारलाई आग्रह गरिएको छ।
आन्तरिक रुपमा लामो समयदेखि वित्तिय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो व्याजदर तथा जारी युक्रेन रुस द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा भएको मुल्य बृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरुले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको यस्ता खालका घटनाले अर्थतन्त्रलाई संकटमा पुर्याउने संगठनको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, “तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिती तथा आयात निर्यात सहजिकरणका लागी नीतिगत निकाय र नियमनकारी निकाय विच प्रभावकारी समन्वय हुनु पर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण श्रृजना हुनुलाई संगठनले दुखद हो । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थ लगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहको वर्तमान अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भिर भई एक आपसमा प्रभावकारी समन्वयका साथ यो संकटको यथाशक्य समाधान खोज्न अपिल गर्दछौं ।”
प्रतिक्रिया दिनुहोस्