काठमाडौं । मुकुन्द घिमिरेले संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् । सार्वजनिक स्थलमा गहकिला भाषण गर्ने र सामाजिक सञ्जालमा पनि उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका हुन् ।
काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।
व्यवस्थाअनुसार गृहजिल्लाभन्दा अन्तैबाट निर्वाचनमा उम्मेदवार बन्न गृहजिल्लाको मतदाता नामावली प्रमाणित प्रति चाहिन्छ । यसअघिका चुनावहरुमा घिमिरेसँग यो कागज थिएन । आइतबार सामाजिक सञ्जालमा मतदाता नामावली विवरण सार्वजनिक गर्दै लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन . संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी शुरु भयो ।🙏’
घिमिरे कुशल वक्ता हुन् । उनको तीक्ष्ण शैलीको भाषण कला र सामाजिक सञ्जालमा गर्ने टीप्पणी धेरैले रूचाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्