अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्न सक्छ । अहिले विदेशी मुद्रामा चाप परेको भएपनि आत्तिहाल्नुपर्ने अवस्था छैन ।
तर,सरकारले चनाखो भएर उपयुक्त कदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन् । तर, हामीले होस पुर्याएनौं भने श्रीलंकाजस्तो अवस्था हुनसक्छ।
बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाहृय ऋण लिनुपर्न सक्छ । बजेट घाटा बढ्यो भने गरिबी बढ्छ । सरकारले समग्र विकासमा असर पर्ने कुरामा खेलबाड गर्नुहुँदैन थियो । गएको एक वर्षदेखि यी वित्तिय समस्या देखा परेका थिए । कोभिड सुरु हुनासाथ आर्थिक मन्दी हुन्छ भनेका थियौं । आपूर्ति र वित्तिय व्यवस्था सबैमा कोभिडले धक्का दियो । महामन्दीजस्तै भयो । सरकार चनाखो हुन सकेन् ।
अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर हुँदैन । अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटनपनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।
अहिले कस्ता वस्तु आयात भैरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । हामीले यो कुरा हेर्नुपर्छ । अहिले अर्थतन्त्रलाई भार भयो। गलगाँड घाँटीमा आएको कुरा सरकारले देखेन । सरकारले सुधारात्मक उपाय अपनाउन सकेन । आर्थिक शासन व्यवस्था फेल भयो भने । जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । कमर्सियल लोन लिएका छौं । अर्थतन्त्रको उत्पादत्वकलाई ध्यान दिनुपर्छ ।
अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौं। अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ । सुधारको बाटोमा जानुपर्छ । घण्टी बजिसकेपछि चेतिनुपर्यो । यो सुल्झाउन सकिने समस्या हो । सरकारले क्षणिक राजनीतिक तुष्टिको निम्ति अर्थतन्त्रको दीर्घकालिन स्वास्थ्यलाई खेलबाड गर्नुभएन ।
वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्छ । सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधि पनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।
अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जानुपर्छ । राजश्वका स्रोत परिचालन गर्नुपर्छ । आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तिय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ । विकास र गभर्नेन्सको पाटो पनि छ । यसो गर्न सकियो भने सरकारप्रति जनता विश्वस्त हुन्छन् ।
शासनमा बसेकाहरुले भाषण गरेरमात्रै हुँदैन । कार्यान्वयन पक्षमा पनि उत्तिकै ध्यान आवश्यक छ । नेतृत्वमा बसेकाहरुले काम गरेर देखाउनुपर्छ । यो मौका हो । संकटले अवसर पनि दिन्छ । सरकारले अहिलेको समस्याको तत्काल उपचार खोज्नुपर्छ । चुनावको अंकगणितमा नअल्झिकन वित्तिय स्थिरताको लागि जनतालाई दिने कुरामा हिच्कियाउनु हुँदैन्, अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्छ ।
(पूर्व मुख्यसचिव डा. कोइरालाले रिपोर्टर्स क्लबको एक कार्यक्रममा राखेको मन्तव्यको सार ।)
प्रतिक्रिया दिनुहोस्