Shikhar Insurance
National Life

धनगढीमा सुरु भयो ‘फारवेष्ट ट्राभल मार्ट २०२२’, भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्ने सुदुरको अपेक्षा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सुरु भएको हो ।

मार्टको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलले गरे । सो अवसरमा उनले सुदरपश्चिम प्रदेश पर्यटनका दृष्टिले अथाह सम्भावना भएको क्षेत्र भएको बताउँदै यस क्षेत्रको समग्र विकासको लागि सरकार तयार रहेको बताए । उनले कोभिड पछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको उल्लेख गर्दै यो मार्टले आन्तरिक तथा क्रसबर्डर पर्यटन प्रर्वद्धन हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धनगढि उपमहानगरपालिकाका मेयर नृप वडले सुदुरपश्चिम प्रदेशमा पर्यटकहरुको रोजाईमा पर्न सक्ने थुप्रै रमणिय, घुम्नलायक ठाउँहरु भएपनि प्रचारप्रसार अभावमा ती ठाउँ ओझेलमा अवश्थामा आयोजना गरिएको मार्टले पर्यटन ब्यवसायिहरुको ध्यान तान्ने र यहाँका पर्यटकिय स्थलमा बाह्य पर्यटकहरुको आकर्षण बढ्ने अपेक्षा गरिएको बताए ।

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको कार्यक्रम अनुरुप मार्ट आयोजना भएकोले यसले सुदुरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए ।

यसमार्टले सुदूरपश्चिम प्रदेशका पर्यटकीय प्याकेज, गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार तथा प्रवद्र्धन हुन गई भारतीय पर्यटकहरुको आगमन संख्या बढ्न जाने र आन्तरिक पर्यटन गतिविधिहरु समेत बढ्न जाने अपेक्षा गरिएकोे नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईले जानकारी दिए । । नाटाका अध्यक्ष रमेह थापाले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन यस्ता मार्टहरु सहयोगी हुने बताए ।

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने नाटा फार वेष्टका अध्यक्ष तथा मार्ट संयोजक माया प्रकाश भट्टले जानकारी दिए ।

फारवेष्ट ट्राभल मार्ट २०२२ मा सिमावर्ती भारतीय शहरहरु लखिमपुर, बरेली, रुद्रपुर, नैनीताल, देहरादुन र भारतको राजधानी दिल्लीबाट करिब ६० जना टुर अपरेटरहरुलाई क्रेताको रुपमा सहभागी गराई प्रदेशका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बी टु बी हुने छ । यस्तै मार्टस्थलमा सातै प्रदेशका पर्यटकीय आकर्षणहरु झल्किने पेभिलियन, नौवटा जिल्लाका स्टलका साथैटुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुका आकर्षक स्टलहरु निर्माण गरिएको छ । कार्यक्रममा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्