Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको परासी शाखा सर्यो, अब जिल्ला प्रशासन रोडमा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेलले संयुक्त रुपमा गरे । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महालक्ष्मी बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सारेको शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक श्री कृष्ण बहादुर गुरुङले जनाएका छन् ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्