Shikhar Insurance
National Life

गाडीको एलसी रोकिएकोबारे देउवाले भनेः त्यस्तो नहुनु पर्ने हो, अर्थमन्त्रीसँग कुरा गर्छु

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सवारी साधन आयातको एलसी रोकिएकोबारे प्रधानमन्त्री शेर बहादुर देउवाले चासो देखाएका छन् । गाडीको एलसी रोकिएपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको नाडा नेतृत्वसँग देउवाले एलसी रोकिएकोबारेमा आश्चर्य समेत व्यक्त गरेका हुन् ।

नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा बालुवाटार पुगेका अटोमोबाइल व्यवसायीसँगको भेटमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीसँग थप बुझ्ने बताएका थिए । ‘सवारी सधान आयातको एलसी रोकिएकोबारे हामीले प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं, उहाँले त्यस्तो नहुनुपर्ने हो, के भएको रहेछ, म अर्थमन्त्री र गभर्नरसँग बुझ्नु भन्नुभयो’, प्रधानमन्त्री देउवासँगको भेटपछि नाडा अध्यक्ष थापाले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेटमा नाडा अध्यक्ष थापाले सवारी साधन आयातका लागि एलसी नखोल्ने निर्णय फिर्ता लिन आग्रह गरेका थिए । अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र ५० हजार भन्दा बढीलाई रोजगारी दिएको अटोमोबाइल क्षेत्रलाई नजर अन्दाज नगर्न भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्