Shikhar Insurance
National Life

नबिल एसएसई अन्तर्गत सामाजिक उद्यम प्रबर्द्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन, सहभागीलाई यस्तो लाभ

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरशिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ । सामाजिक उद्यमशिलता प्रबर्द्धन गर्न संचालन गरिएको नबिल एसएसई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरिएको हो ।

फेलोशिप कार्यक्रम भने यस अघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धनलाई जोड दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो । यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ ।

आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबर्द्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागिहरुको छनौट गरिनेछ । छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।

साझेदार शैक्षिक संस्थाहरुः
प्रदेश नं. १ – महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस – बिराटनगर
मधेश प्रदेश – बिरगंज पब्लिक कलेज – बिरगंज
बाग्मती प्रदेश – क्याम्पिएन कलेज – ललितपुर
गण्डकी प्रदेश – ला ग्रान्डि इन्टरनासनल कलेज – पोखरा
लुम्बिनी प्रदेश – क्षितिज इन्टरनासनल कलेज – बुटवल
कर्णाली प्रदेश – सुर्खेत मोडल कलेज – बिरेन्द्रनगर
सुदुर पश्चिमाञ्चल प्रदेश – सुदुर पश्चिमाञ्चल एकेडेमी – धनगढी

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्