Shikhar Insurance
National Life

अनुपमा खुञ्जेलीले छाडिन् मेगा बैंक

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले राजीनामा गरेकी छिन् । चैत मसान्तमा आफ्नो चार वर्षे कार्यकाल समाप्त हुने भएपछि उनले बैंकको सिईओबाट राजीनामा गरेकी हुन् ।

बैंक उच्च श्रोतले खुञ्जेलीले राजीनामा दिएको पुष्टि गर्यो । बैंकका अध्यक्ष भोज बहादुर शाहले भने चैत मसान्तमा सिईओ खुञ्जेलीको कार्यकाल समाप्त हुने बताए । ‘चैत मसान्तमा उहाँको कार्यकाल सकिँदैछ, यो भन्दा अरु प्रतिक्रिया दिन मिल्दैन्’, अध्यक्ष शाहले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खुञ्जेली बाणिज्य बैंकहरु तर्फ नेपालकै पहिलो महिला सिईओ हुन् । खुञ्जेलीको नेतृत्वमा मेगा बैंकको व्यवसाय विस्तार र ब्राण्ड ईमेजमा निरन्तर सुधार भएको बताइन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्