Shikhar Insurance
National Life

चम्पादेवीमा बन्ने भयो युरोपेली स्टाइलको केवलकार, ६ अर्ब खर्चेर ३ वर्षमा बनिसक्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र २४, बिहीबार २०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । राजधानीमा अर्को केबलकार बन्ने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनीले किर्तिपुर नगरपालिकास्थित चाल्नाखेल बोसनबाट चम्पादेवी डाँडासम्म केबलकार बनाउने भएको हो ।

उपत्यका वरिपरिको अग्ला डाडाँमध्ये चम्पादेवी एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यहाँबाट उपत्यकाको मनोरम दृष्य, हिमशृंखला तथा मकवानपुर र ललितपुरको पडाडी भुभाग देख्न सकिन्छ । चम्पादेवीको धार्मिक महत्वसमेत छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल चम्पादेवी केही घन्टा हिँडेर पुग्न सकिन्छ । अबभने युरोपेली स्तरको केवलकार चढेर चम्पादेवी पुग्न सकिने भएको छ ।

सन् २०२२ अन्त्यबाट निर्माण सुरू गर्ने तयारी गरिएको केवलकार सन् २०२५ अन्त्यसम्म निर्माण सम्पन्न हुने बताइएको छ ।

केबलकार बन्न ५ देखि ६ अर्ब रूपैयाँ खर्च हुनेछ ।

केबलकार बनाउने काम वि.सं. २०६२ मै सुरू गरिएको थियो । हालसम्म अदालतमा मुद्दा रहेका कारण काम अघि बढ्न सकेको थिएन ।

चम्पादेवी ईको फ्रेण्डली वि.सं. २०५७ मै स्थापना भएको थियो । कम्पनीले सरकारसँग चम्पादेवी डाँडाको २२ हेक्टर वन क्षेत्रमा पर्या-पर्यटन परियोजनाका लागि सम्झौता गरेर लिजमा लिने तयारी गरेको थियो ।

केबुलकार निर्माण र संचालनको लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत स्वीकृतिको चरणमा रहेका बेला वन विभागले सम्झौता भङ्ग गरेको थियो । कम्पनीले २०७४ मा मुद्दा जितेको थियो ।

२ वर्षमा केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर दक्षिणकाली नगरपालिले २०७६ मा निर्माण तथा संचालन अनुमति दिएको हो ।

त्यसयता केबलकारको तल्लो स्टेसनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया केही लामो भएको थियो भने खरिदको काम हुँदै गर्दा कोभिड-१९ महामारीले प्रभावित भएको कम्पनीको दाबी छ ।

अहिले कम्पनीले खहरेक देखि चाल्नाखेल बोसनस्थित बेस स्टेसनसम्मको बाटोको सर्भे, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे, रोप वे को सर्भे गरिएको छ भने चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन-१ र २ सर्भेको काम सकिएको छ ।

केबुलकार संचालनका लागि गरिने डिजाईन विदेशी कम्पनीबाट भएको बताइएको छ । चम्पादेवी केबलकारमा युरोपियन तरिकको बनाइने छ । चम्पादेवी माताको मन्दीरको डिजाईन भने शंकरनाथ रिजालले गरेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्