Shikhar Insurance
National Life

वृद्ध भत्ता पाँच हजार पुर्याउँछौंः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ चैत्र २४, बिहीबार ०९:१६
Hyundai
NCELL
NIMB

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याइने बताएका छन् ।

कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले २०५१ सालमा आफ्नै नेतृत्वमा वृद्धभत्ता कार्यक्रम सुरु गरेकाले अब त्यसलाई वृद्धि गरेर पाँच हजार पुर्याउने बताएका हुन् । ‘वृद्ध भत्ता सुरु गर्ने मान्छे मैँ हुँ, २०५१ सालमा हामीले नै वृद्ध भत्ता सुरु गरेका थियौं, अब त्यसलाई बढाएर पाँच हजार पुर्याइन्छ’, पूर्व प्रधानमन्त्री नेपालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पाँच दलीय गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताए । आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे ।

कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्