काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बैशाख २ गतेदेखि आउने भएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।
कुल निष्काशन ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये ०.५ प्रतिशतले हुने ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ताका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
ग्लोबल आईएमई क्यापिटलले निष्काशन गर्ने आइपीओमा छिटोमा बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यो आईपीओलाई केयर रेटिङ्गस नेपालले केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। सिवाईसीको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ छ। आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ४० रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्