काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम संघाइलाई सपथ खुवाएका हुन् ।
संघाइलाई सपथ खुवाएर समिति अध्यक्ष आफैंले ल्याएको निर्देशिकालाई लात हानेका हुन् । समितिले चैत १३ गते बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै एक व्यक्तिले दुई कार्यकाल भन्दा बढी अवधी सञ्चालक बन्न नपाउने व्यवस्था गरेको थियो । तर, नेपाल लाइफको चैत २१ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक निर्वाचित गरेको थियो । साधारण सभाबाट निर्वाचित भएको भनिएका अध्यक्ष गोबिन्द लाल संघई र सञ्चालक विवेक अग्रवाल तथा कमलेश कुमार अग्रवालले दुई कार्यकाल पुरा गरिसकेकाले अहिले तेश्रो कार्यकाल सञ्चालक बन्न नपाउनु पर्ने हो ।
तर, निर्देशिका ल्याएका शिलवालले आफ्नो निर्णय आफैंले लत्याएका हुन् । थाहा हुँदा हुँदै पनि उनले नेपाल लाइफका अध्यक्षलाई सपथ खुवाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्