Shikhar Insurance
National Life

आईएमई लाइफले मर्जरका लागि पार्टनर खोज्ने, आईपीओ जारी गर्ने प्रस्ताव पनि

सिंहदरबार संवाददाता
२०७८ चैत्र २३, बुधबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आफ्नो चौथो बार्षिक साधारण सभामा उपयुक्त अन्य जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्तिको प्रक्रिया अघि बढाउने प्रस्ताव लैजान लागेको हो ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब पुर्याउनका लागि २०७९ असार मसान्तसम्मको समय सिमा तोकिदिएपछि आईएमई लाइफले मर्जरको ढोका खोल्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैशाख १४ गते आयोजना हुने साधारण सभाले मर्जर तथा प्राप्ति प्रयोजनको काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै, कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पनि साधारण सभामा पेश गर्दैछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्