काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बर्दिबास जनसेवा हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको समझदारी अनुसार बैंकका ग्राहकरुले १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकको कार्ड भएका सबै ग्राहले त्यस्तो छुट पाउनेछन् । हालसम्म कार्ड नभएका ग्राहकहरुले स्ट्यान्ट कार्ड बनाउने सुबिधा रहेको छ । बैंकले बैशाख ७ गते मनाउने वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको छ ।
सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० रुपैयाँ क्यास ब्याक पाउँछन् । त्यस्तै, ५,००,००० रुपैयाँ सम्मको दुर्घटना र मृत्यु बीमा तथा ५०,००० रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निः शुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ्ग, डिम्याट खाताको सुबिधा पनि पाइन्छ ।
बैंकले देशभर १७४ वटा शाखा, १२५ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकलाई सेवा दिईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्