Shikhar Insurance
National Life

महंगो रेल ल्यायो भने त देशलाई झन् समस्या हुन्छ-प्रधानमन्त्री देउवा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २२, मंगलवार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रेल यातायात ढुवानीका लागि सस्तो यातायात माध्यम भएपनि बनाउन निकै महंगो पर्ने भएकाले रेलबारे सरकारले सोच्ने बताएका छन् । चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकतामा रेल नरहेको संकेत गरेका हुन् ।

उद्योग व्यवसायीले रेल सस्तो ढुवानी भएकाले सुक्खा बन्दरगाहलाई रेलमार्फत् जोड्नुपर्ने माग गरेका थिए । जवाफामा देउवाले यस्तो बताएका हुन् । रेल आवश्यक छ तर रेल बनाउन खर्च लाग्छ, देउवाले भने, दातृ संस्थासँग सस्तो व्याजदरमा ऋण वा अनुदान लिएर रेल बनाउनु फाइदा हुन्छ । रेल ल्याएर महंगो भयो भने त देशलाई झन् समस्या हुन्छ । सल्लाह गरेर अघि बढ्छौं ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भुपरिवेष्ठित देशको आयात सहजीकरण गर्न सुख्खा बन्दरगाहको विशेष महत्व रहेको उनले बताए । सुक्खा बन्दरगाहले व्यापारलाई सरलीकृत गरी निर्यात प्रवद्र्धनमा सहयोग पुर्याउने उनको बुझाइ छ । यसले आयातीत अधिकांश वस्तु खपत गर्ने काठमाडौंका लागि सहज हुने उनले बताए । यसले राजधानीलाई अन्तर्राष्टिय व्यापार हबको रुपमा विकास गर्न कोषेढुंगा बन्ने अपेक्षा उनको छ ।

यस प्रकारकको गुणस्तरीय व्यापार पूर्वाधार धेरै आवश्यक छ, उनले भने, ‘एकीकृत जाँच चौकी र ड्राइ पोर्टले वैदेशिक व्यापारलाई सजिलो बनाउने कुरालाई महसुस गरी सरकारले देशका विभन्नि क्षेत्रमा सुक्खा बन्दरगाह बनाउने कामलाई अघि सारको छ । यस्ता पूर्वाधारले औद्योगीक उत्पादनलाई प्रतिस्पर्धात्मक बनाएर नेपाली उत्पादनलाई देश विदेशमा पुर्याउन सकिने उनले बताए । बढ्दो व्यापार घाटा कम गर्न व्यापार पूर्वाधार बनाएर आयात निर्यात लागत घटाउनु आवश्यक छ । निजीक्षेत्रलाई सघाउन सरकार तयार छ, उनले भने, व्यापार घाटा कम गर्न स्वदेशी उत्पादन बढाउन र विलासिताका अनावश्यक वस्तु आयात रोक्नुपर्छ । उनको आग्रह छ,-‘सुख्खा बन्दरगाहका पूर्वाधारलाई पूर्ण उपयोग गरेर लाभांन्वित होऔं ।’

सो क्रममा अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाह सीमानाका भन्दा भित्रको पहिलो र एकमात्र सुक्खा बन्दरगाह रहेको बताए ।
बन्दरगाहले सडकमार्फत् काठमाडौं सीधै समुन्द्रसँग जोडेको उनको भनाइ छ । यसबाट लागत र समयका हिसाबले थप उपलब्धि हासिल हुने छ, उनले भने, व्यवसायीलाई थप मद्दत पुग्नेछ ।

फागुन मसान्तसम्मको आयात निर्यात तथ्यांक प्रस्तुत गर्दै उनले अघिल्लो वर्षभन्दा ३८ प्रतिशत बढी १३ खर्ब ८ अर्बको आयात भएको बताए । यस्तै निर्यात धेरै सुधारिएर १ खर्ब ४७ अर्बको भएको उनले बताए । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत छ, उनले भने, जुन न्यून हो ।

शर्माले बन्दरगाह निर्माणप्रति खुसी व्यक्त गरे । कोभिड तथा रुस युक्रेन वारले अर्थतन्त्रमा थप प्रभाव पारेको उनको बुझाइ छ ।
अहिले पनि ९ खर्ब ४० अर्ब विदेशी विनियम सञ्चिती छ । यसले ६.६ महिनाको आयात धान्न सक्छौं, विदेशी मुद्रा सञ्चितिमा आफूले गरेको कामबारे उनले भने, केही प्रयत्न गरेका कारण फागुनमा रेमिटयान्स सुधार आएको छ । घटेको रेमटयान्स माघमा ४ प्रतिशतले बढेको छ ।
शर्माले चोभार आयातका लागि नभएर निर्यातको केन्द्र बन्नुपर्ने बताउँदै खानेकुरा आयात यो बन्दरगाहबाट नगर्न आह्वान गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्