काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नयाँका लागि नयाँ योजना अघि सारेको छ । कम्पनीले सुजुकी ह्याप्पी न्युन ईआर योजना अघि सारेको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट प्राप्त हुनेछ ।
देशभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा योजना लागु हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागु हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ट्, बलेनो, डिजायर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी लगायतका सवारी साधन नेपालमा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्