Shikhar Insurance
National Life

चोभारमा सुक्खा बन्दरगाह बनेपनि सामान छुटाउन सीमा नै पुग्नुपर्ने भयो भने यसको अर्थ हुँदैनः व्यवसायी

सिंहदरबार संवाददाता
२०७८ चैत्र २२, मंगलवार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायीहरुले चोभारमा सुख्खा बन्दरगाह बनेपनि सामान जाँचपास गर्न झमेला बेहोर्नुपरे वा सामान छुटाउन सीमामै पुग्नुपरे यहाँ बन्दरगाह बन्नुको अर्थ नहुने बताएका छन् । बन्दरगाह उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले यहाँ बन्दरगाह बनेपनि सामान छुटाउन सीमामा जानुपर्छ भने यो बन्नु व्यर्थ हुने जिकिर गरे ।

अग्रवालले बन्दरगाहले लजिस्टिक्स कस्ट कम गराउने विश्वास गरे । जसकारण आयात निर्यात सहज हुने अपेक्षा उनको छ । अग्रवालले कारोबारको मूल्यमा फाइदा गर्न पाएनौं भने यहाँ बन्दरगाह बनेको अर्थ नहुने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“कलकत्ताबाट हाम्रो सामान सीधै चोभार आइपुगोस् भन्ने अपेक्षा छ,” उनले भने, “फास्ट ट्रयाक र रेलवेबाट पनि कनेक्टिभिटी होस् ।”

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बन्दरगाहमा अन्तर्राष्टिय स्तरको क्वारेन्टिन बन्नुपर्ने बताए । उनले उपत्यकामा उत्पादिन सामान राख्न कोल्ड स्टारेज निर्माण गर्नुपर्ने माग गरे ।

बन्दरगाहले कस्ट अफ डुइङ बिजनेस घटाउने अपेक्षा उनको छ । “डिजिटल सुविधा दिएर यसको प्रवद्र्धन गर्नुपर्छ,” मल्लले भने, “उपत्यकामा उत्पादन हुने सामाग्री प्रोसेसिङ गरी निर्यात गर्न सक्छौं । साना परिमाणमा उत्पादित सामान संकलन केन्द्र बनाएर एक्स्पोर्ट सेन्टर बनाउनुपर्छ ।”

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बन्दरगाह उद्योग व्यवसायको क्षेत्रमा कोषेढुंगा हुने अपेक्षा गरे । “साना व्यवसायी उत्पादन र निर्यात गर्न चाहन्छन् । यसले सघाउ पुर्याउँछ,” गोल्छाले भने, “नेपालमै बन्नुपर्छ र यहाँकै उत्पादन उपभोग गर्नुपर्छ भन्ने छ ।”

यहाँ जुन लजिस्टिक्स लागत छ त्यसले धान्न मुस्किल रहेको बताउँदै उनले यातायात व्यवसायी मात्र होइन पूर्वाधार पनि लजिस्टिक कस्ट बढ्नुको कारण रहेको बताए ।

गोल्छाले बिजनेस कस्ट घटाउन फास्ट ट्रयाक बन्नुपर्ने बताए । यस्तै बन्दरगाहलाई रेलवे लिंक चाहिने माग उनको छ । ३० देखि ४० प्रतिशत ढुवानी खर्च कम गर्ने भएकाले रेल सस्तो यातायात भएको उनले बताए ।

“यो दिन सुखको दिन हो । यसबाट साना र निर्यातकर्ता खुसी हुनेछन्,” उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्