Shikhar Insurance
National Life

नेपाल लाइफः १४ प्रतिशत लाभांश पास, लगानी १३३ अर्ब, अझै अब्बल बन्ने प्रण

सिंहदरबार संवाददाता
२०७८ चैत्र २१, सोमबार १७:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ रुपैयाँ पुगेको छ ।

कम्पनीका अध्यक्ष अध्यक्ष गोविन्द लाल संघईले कम्पनीलाई अझै सबल र शसक्त बनाउँदै लगानीकर्ता र बीमितका लागि आकर्षणको केन्द्र बनाउने बताए । कम्पनीले चालु आवको हालसम्म २७ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ‘२१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छौं’, अध्यक्ष संघईले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । त्यसै गरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यकासाथ कम्पनी अगाडि बढेको जानकारी गराए ।

सभाबाट आ.व.२०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ । सभामा संस्थापक शेयरधनीका तर्फबाट निर्विरोध निर्वाचित भएका चार जना संचालकहरुको नाम घोषणा गरिएको थियो । सो अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान छन् । साधारण सभा सकिने वित्तिकै बसेको सञ्चालक समिति बैठकले गोबिन्द संघईलाई पुनः अध्यक्ष चयत गरेको थियो ।

हाल कम्पनीको लगानी एक खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ छ । त्यस्तै, र शेयरधनी कोषमा ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्