Shikhar Insurance
National Life

फास्ट ट्र्याकको ठेक्कामा अर्को बदमासी, संसदलाई नटेर्न र कानुन मिच्न खप्पिस बन्यो नेपाली सेना

सिंहदरबार संवाददाता
२०७८ चैत्र २१, सोमबार १४:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई(मधेश) द्रुतमार्त (एक्स्प्रेस वे) बनाउँदा अर्को बदमासी गरेको खुलेको छ । विभिन्न प्याकेजको ठेक्का व्यवस्थापनमा कानुन मिचेर खरिद प्रकिया सम्पन्न गरेको सेनाले प्याकेज नं. ३ मा पनि यस्तै काम गरेको पाइएको हो ।

प्याकेज नं. ३ मा निर्माण कम्पनीले पेस गरेको डकुमेन्ट विश्वसनीय नभएको भन्दै प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा उजुरी परेको छ । सेनाले प्याकेज नं. ४ र ५ को ठेक्का व्यवस्थापनमा पनि कानुन अनुसार सम्झौता गरेको थिएन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्याकेज नं. ३ मा पनि कैफियत रहेको उजुरी परेपछि विकास समितिले सो ठेक्का व्यवस्थापनका सबै कागज ७ दिनभित्र समितिमा उपलब्ध गराउन भनेको छ । प्रतिनिधि सभाको चैत १३ गते बसेको वैठकले यस्तो निर्देशन दिएको हो ।

तर, ७ दिन बितिसक्दा पनि सेनाले कागजात समितिमा बुझाएको छैन ।

सेनाले यसअघि पनि समितिको निर्देशनको बेवास्ता गर्दै आएको छ । प्याकेज नं. २ मा अनियमितता भएको ठहर भएपछि सेनाले नियमअनुसार नभएको ठेक्का रद्द गर्न तथा यस्तो काम फेरि नगर्न भनेको थियो । तर, सेनाले समितिको निर्देशन नमानेर प्याकेज नं. ४ र ५ मा उस्तै काम दोहोर्‍याएको हो ।

समितिले सेनालाई सबै काम पारदर्शी र विश्वसनीय रूपमा अघि बढाउन पटकपटक निर्देश गरे तापनि निर्देशन पालना गरेको छैन । यस्तो काममा संलग्न हुने पदाधिकारीलाई कानुनअनुसार कारबाही गृन पनि समितिले नेपाली सेना र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्