Shikhar Insurance
National Life

बीमाको पहुँच ८.१४ प्रतिशतले बढ्यो, १ करोड बढी बीमा गराउँदा १ खर्ब बढी शुल्क संकलन

सिंहदरबार संवाददाता
२०७८ चैत्र २१, सोमबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको एक तिहाई जनसंख्याले बीमा गराएका छन् । बीमा समितिको बीमाको पहुँच एक वर्षमै ८.१४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत अर्थात् ७८ लाख १५ हजार जनताले बीमा गराएका थिए ।

यसरी बीमा गराउने जनता चालु आवको सोही अवधिमा ३५.४४ प्रतिशत अर्थात् १ करोड ३ लाख ६२ हजार ६६६ पुगेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार चालु आवको फागुन महिनासम्म कुल १ करोड ५ लाख ७३ हजार ९ सय २४ जनाले बीमा लेख खरिद गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या ३ करोड ८९ हजार ४२ ३४ रहेको छ । जसको ३५.४४ प्रतिशत जनता बीमाको दायारमा आएको समितिले उल्लेख गरेको छ ।

समितिका अनुसार सो अवधिमा कुल १ करोड ३१ लाख १९ हजार १ सय १३ बीमा लेख जारी भएका छन् । जसमध्ये १ करोड ११ लाख ७९ हजार ७ सय २८ जीवन बीमा लेख र १९ लाख ३९ हजार ३ सय ८५ निर्जीवन बीमा लेख हुन् ।

सो वापत कम्पनीहरुले कुल १ खर्ब १७ अर्ब ५० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ र १९ वटा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

गत आवको फागुन मसान्तसम्म संकलित बीमा शुल्कको तुलनामा चालु आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको २५.२५ प्रतिशतले र जीवन बीमा कम्पनीहरुको १२.१७ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, चालु आवको फागुन मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १५.१५ प्रतिशत र कर्मचारी संख्या ११.५७ प्रतिशतले थप भएको छ । चालु आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरुको कुल ३ हजार ३ सय २९ वटा कार्यालयमा ११ हजार ८ सय ५२ जना कर्मचारी कार्यरत छन् ।

गत आवको सोही अवधिमा कुल २ हजार ८ सय ९१ वटा कार्यालयहरुमा कुल १० हजार ६ सय २६ जना कर्मचारीहरु कार्यरत थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्