Shikhar Insurance
National Life

भाटभटेनीलाई २ लाख जरिवाना तिराइयो, म्याद नाघेको र एक्स्पायरी डेट नभएको सामान बेचेको पाइयो

सिंहदरबार संवाददाता
२०७८ चैत्र २०, आईतवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ । अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएको भन्दै भाटभटेनीलाई २ लाख रूपैयाँ जरिवाना गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोली आइतबार भाटभटेनी पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको हो । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्री गरिएको पाइने थप कारबाही हुनेछ ।

अनुगमन टोलिले कालीमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरलाई पनि ५०–५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्