Shikhar Insurance
National Life

निर्जीवन बीमा कम्पनीहरुको ‘बिजनेस ग्यारेन्टी’ गरिदिँदै समिति, अबदेखि पक्की घरको बीमा गर्नैपर्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र २०, आईतवार १९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अब सबै पक्की घरहरुको अनिवार्य बीमा गराउनु पर्ने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चत गर्दै ५० लाख रुपैयाँभन्दा माथिका पक्की घरहरुको अनिवार्य बीमा गराउनु पर्ने व्यवस्था गर्ने भएको हो ।

समितले यो प्रावधान आगामी आर्थिक वर्षदेखि लागू गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । । समितिले बजेटमार्फत नै अनिवार्य घरको बीमा गर्ने व्यवस्था गर्न अर्थमन्त्रालयलाई सुझाव समेत पठाइसकेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बीमा निर्देशन अनुसार घर बीमाको लागि तोकिएका सबै व्यवस्थालाई अनिवार्य गराउँन बजेटमा सुझाव पठाइसकेका छौं,’ समितिका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘पक्की घरहरुको अनिवार्य बीमा होस् भन्ने उदेश्यले सो व्यवस्था गर्न लागिएको हो ।’

पक्की घर जति सबैलाई अनिवार्य बीमा गराइने वा ५० लाख रुपैयाँसम्म लगानीका घरलाई अनिवार्य बीमा घराइने भन्ने विषयमा थप छलफल गरिने उनको भनाइ छ । भूकम्प, आगलागी, हावाहुरी, बाढी, पहिरो इत्यादि घट्नाबाट क्षति पुग्ने क्षति र त्यसको आर्थिक नोक्सानीको भर्पाइ बीमामार्फत् होस् भनेर सो व्यवस्था गर्न लागिएको उनले बताए ।

बजेट अगावै सो व्यवस्था लागू गर्न मिल्ने भए सहरी विकास मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरि ३–४ महिना भित्रै कार्यविधि निर्माण गरी लागू गराउन समितिले तयारी थालेको हो ।

अहिले आरसीसी प्रविधिका (पक्की) घर पनि ५० लाख रुपैयाँभन्दा कममा बन्न मुस्किल छ । त्यसकारण बीमा समितिले ५० लाख रुपैयाँ माथिका घरको बीमा अनिवार्य गर्ने व्यवस्था ल्याउँदा सबै पक्की घरको बीमा गर्नैपर्ने हुन्छ । समितिले यो व्यवस्थाको कार्यान्वयन गर्दा निर्जीवन बीमा कम्पनीहरको व्यवसाय बढ्ने देखिन्छ ।

देशको सबैभन्दा घना बस्ती रहेको र प्रमुख आर्थिक केन्द्र काठमाडौं महानगरपालिकाका साथै विभिन्न स्थानीय तहहरु, प्रदेश, नगरपालिका संघ लगायतसँग घर बीमा अनिवार्य गर्नका हाल छलफल भइरहेको समिति कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्