Shikhar Insurance
National Life

सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढ्यो, हवाइजहाज भन्दा महंगो बस र ट्रकको भाडा

कुन रुटमा कति ? सूची सहित
सिंहदरबार संवाददाता
२०७८ चैत्र २०, आईतवार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सार्वजनिक यातायातकोे भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ । आइतबारयातायात व्यवस्थापन विभागले सबै क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारी, मालवाहक सवारी र मिनि बसहरुकोे नयाँ भाडादर सार्वजनिक गरेको हो । गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार विभागले चैत २० गतेदेखि लागू हुनेगरी भाडा समायोजन गरेको हो ।

विभागले भाडा समायोजन गर्दै यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकध सवारीमा १३ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशतले भाडामा वृद्धि गरिएको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, तराईमा लामो दुरीको यात्रुवाहक बस, मिनिबसमा प्रतिकिमि २ रुपैयाँ ४३ पैसा कायम भाडालाई २ रुपैयाँ ६५ पैसादेखि २ रुपैयाँ ९४ पैसासम्म कायम गरिएको छ ।
विभागले पेट्रोलियम पदार्थको मूल्य ३२.६९ प्रतिशतले वृद्धि भएको भन्दै सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो ।

विभागले सार्वजनिक यातायात सेवा सञ्चालनमा १३ सूचकहरुको बजार मूल्यमा आधारित वैज्ञानिक भाडादर प्रणाली अन्तरर्गत मूख्य ५ सूचकहरुको बजार मूल्यमा आएको परिवर्तनको कारण भाडा समायोजन गरिएको बताएको छ ।

सार्वजनिक यातायातको नयाँ भाडाँदर अनुसार लामो दुरीका सार्वजनिक यातायातको भाडाँ हवाइजहाजको भन्दा बढी पर्न गएको छ । नयाँ भाडादर अनुसार लामोदुरीका बसमा यात्रा गर्दा करिब ३ हजार रुपैयाँसम्म र ट्रकको ५ हजार रुपैयाँसम्म भाडा तोकिएको छ ।

कुन रुटमा कति भाडा सूची

 

GBIME

प्रतिक्रिया दिनुहोस्