Shikhar Insurance
National Life

नेपालमै पहिलो पटक सिईओ सम्मेलन हुँदै, ३०० अब्बलहरु एकै ठाँउमा

सिंहदरबार संवाददाता
२०७८ चैत्र २०, आईतवार १०:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमै पहिलो पटक सिईओ सम्मेलन हुने भएको छ । चार दशक लामो इतिहास बोकेको नेपाल व्यवस्थापन संघ(म्यान)ले नेपालमा पहिलो पटक सिईओ सम्मेलन गर्न लागेको हो । चैत २५ र २६ गते आयोजना हुने सम्मेलनमा सात वटा क्षेत्रगत विषयको प्रतिनिधित्व हुनेछ ।

संघका अनुसार सम्मेलनमा बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटिनेछ । ‘रि इञ्जिनियरिङ मेनेजमेन्टः सर्भाइभल–रिभाइबल एण्ड ग्रोथ’ को नारामा सम्मेलन आयोजना हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मेलनमा मुलुकको विभिन्न क्षेत्रमा कार्यरत करिव ३०० सिइओको सहभागिता रहने छ । सात वटा फरक फरक क्षेत्रमा सञ्चालन हुने सम्मेलनमा हरेक सेसनमा ४ जना वक्ता र १ जना सहजकर्ता सहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।

संघले नेशनल मेनेजेमन्ट कन्भेन्सन र नेशनल मेनेजमेन्ट अवार्ड कार्यक्रम पनि सञ्चालन गर्दैछ । कन्भेन्सनमा अर्थविद डा. विश्वाश गौचन र प्रा. डा. महानन्द चालिसेले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट यसपाली तीन वटा बिधामा अवार्ड वितरण हुँदैछ । जसमा मेनेजर अफ द ईअर, वुमन मेनेजर रिकग्निससन अवार्ड, र आउटस्ट्याण्डिङ मेनेजमेन्ट अवार्ड रहेका छन् । साथै, संघले २६ गते नयाँ नेतृत्व समेत पाउँदैछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्