Shikhar Insurance
National Life

प्रतितोला ८०० बढ्यो सुनको भाउ, नयाँ मूल्य कति

सिंहदरबार संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ८०० ले बढेर ९९ हजार ७०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९८ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९९ हजार २०० छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर १ हजार ३६० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्